२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

संवैधानिक परिषद्को बैठक आज बस्दै

३० मंसिर, काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठक बालुवाटारमा बिहान ९ बजे बस्नेछ ।

यसअघि आइतबार बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् । कांग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरु निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने अडान राख्दै आएको छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ अनुसार परिषद्का अध्यक्ष र चारजना सदस्य उपस्थित भएमा मात्रै परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिन्छ ।

प्रकाशित मिति : 08:45