१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अमेरिकामा कोरोनाविरुद्धको खोप आजदेखि लगाउन सुरु गरिने

२९ मंसिर, काठमाडाैँ । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकहरूलाइ खोप लगाइने छ। अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाइनेछ । भोली अरु ४ सय २५ ठाउँमा खोप दिइने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज खाेप उपलब्ध छ ।

अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन सबै प्रक्रिया पूरा गरिएको छ । ती कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार ०७:१३