२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

संघीय संसदको हिँउदे अधिवेशन पुष १८ गतेभित्र बोलाउनै पर्ने बाध्यता छः सभामुख सापकाेटा

२८ मंसिर, काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताउनु भएको छ । आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भए अनुसार पुष १८ गते भित्र संसद अधिवेशन आव्हान हुने बताउनुभएको हो । सभामुख सापकोटाले अवको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं । अव पुष १७–१८ गते बाेलाउनै पर्ने संवैधानिक बाध्यता छ । त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ । म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ ।’कोभिड–१९को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताउनुभयो । उहाँले परम्परागत रुपमा संसद चलाउन सम्भवन नभएकोले केही रुपान्तरण गर्नुपर्ने संकेत गर्नुभयो ।


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिडका कारण बन्द रहेको संसद र समितिका बैठकहरु सधैबरी रोकेर बस्न नहुने बताउनुभयो । कोभिडको यो स्थिति कहिले सम्म जान्छ थाहा नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै बैठक चलाउनुपर्ने बताउनुभयो । उहाँले अहिले सम्म संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुमा पनि कोभिड संक्रमण देखा परेको स्थिति भएकाले उच्च सावधानी अपनाउन जरुरी रहेको बताउनुभयो । कोभिड कै कारण संसद बैठक बिचैमा रोक्नुपर्ने स्थिति आउने भएकाले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : 17:34