शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा बैठक, अर्को बैठक पुस १ गते
२६ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक नेता कमानसिं लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो ।

कमिटीको अर्को बैठक पुस १ गने १ः०० बजेका लागि बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले बताउनुभयो । बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुनुभएको थियो ।
प्रकाशित मिति : 14:01









