२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

संवैधानिक परिषदको बैठक आज

२८ मंसिर,काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाउनुभएकाे छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको छ । बैठकमा संवैधानिक नियुक्तिको विषयमा छलफल हुने बताइएको छ । हाल संवैधानिक आयोगहरूकाे झण्डै ४ दर्जन पद रिक्त छन्।

राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख सहित चार र दुई सदस्य खाली छन्। यस्तै निर्वाचन आयोगमा दुई आयुक्त खाली छन्। यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि सदस्यहरू रिक्त छन्। राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ ।

प्रकाशित मिति : 08:03