१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

कैलाश हेलिकप्टरलाई कोरोनाका विरामी उद्धार उडान गर्न अनुमति

२६ मंसिर, काठमाडाैँ । कैलाश हेलिकप्टरले कोरोना भाइरस (कोभिड १९) का विरामीलाई उपचारार्थ उद्धार गर्ने अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कैलाशलाई कोभिड १९का बिरामी उद्धार गर्ने अनुमति दिइएको हो ।

प्राधिकरणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको आवश्यक नीति निर्देशनको पालना गरी कोभिड विरामीको उद्धार उडान गर्न अनुमति दिएको जनाएको छ ।देशभरबाट आवश्यक सुरक्षा मापदण्डको पूर्ण पालना जर्दै उद्धार उडान सेवाको लागि पूर्ण तयार रहेको कम्पनीका प्रबन्ध संचालक प्रताप जंग पाण्डेले जनाएका छन् ।

कोभिड विरामीहरुलाई उपचारको लागि आवश्यक अस्पतालको स्वास्थ्य विज्ञहरुको टोली, कोडिभ विरामी बोक्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनीद्धारा निर्मित विरामी आइसोलेसन यूनिट तथा आवश्यक स्वाथ्य सामाग्रीसहितको संक्रमित विरामीको उद्धार उडान गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : December 11, 2020 at 8:15 pm