‘कमानसिंहले कम्युनिष्ट आदर्शको कुरा गरेर नथाक्नेका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभयो’
२५ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले नेकपाका केन्द्रीदय सदस्य कमानसिंह लामाले ‘कम्युनिष्ट आदर्श’को कुरा गरेर नथाक्नका लागि चुनौतीपूर्ण प्रश्न गरेको बताउनुभएको छ । कमानसिंह लामाप्रति श्रद्धाञ्जली प्रकट गर्दै उपप्रधानमन्त्री पोखरेलले सम्वद्ध कम्युनिष्ट पार्टीलाई गम्भीर सन्देश दिएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन ! हार्दिक श्रद्धान्जली ! तर वहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई – अझ यसमा आवद्ध ‘कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएकोछ। अलविदा कमरेड कमानसिंह लामा !’
प्रकाशित मिति : 21:25









