नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद् लामाको निधनप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख व्यक्त
२५ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद् कमरेड कमानसिंह लामाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दिवंगत लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना समेत ब्यक्त गर्नुभएको छ ।
निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम)बाट कम्युनिस्ट पार्टीको सदस्य भइ दिवंगत लामा राजनीतिक परिवर्तन तथा सामाजिक सांस्कृतिक आन्दोलनमा पुर्याएको योगदान स्मरणिय रहने बताउनुभएको छ । २०४८ सालको आम निर्वाचनपछि काभ्रे क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएका लामासँग संसद्मा भएको सहकार्य स्मरण गरिरहेको समेत उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा लामाले पुर्याएको योगदान सदा स्मरणीय रहने बताउनुभयो ।

लामाले निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा प्रतिनिधिसभाको सदस्यका रुपमा जनपक्षीय भूमिका खेल्नु भएको थियो भने केही समय कोरियाका लागि नेपाली राजदूतको भूमिका समेत निर्वाह गर्नुभएको थियो ।

प्रकाशित मिति : 12:45









