विश्वकप फुटबलमा फ्रान्सको विजयी सुरुवात, अस्ट्रेलियालाई २–१ गोलले पराजित
२ असार, काठमाडौँ । रुसमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी सुरुवात गरेको छ । समूह ‘सी’ को खेलमा फ्रान्सले अस्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एन्टोनी ग्रिजम्यानले ५८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यस्तै ६२ औँ मिनेटमा अस्ट्रेलियाले बराबरी गोल फर्काए पनि ८१ औँ मिनेटमा फ्रान्सले खेलमा दोस्रो पटक गोल गर्यो । पाउल पोग्बाले फ्रान्सका लागि दोस्रो गोल गरेका हुन । अस्ट्रेलियाका लागि जेडिनाकले पेनाल्टीमा गोल गरेका थिए ।
प्रकाशित मिति : २ असार २०७५, शनिबार १७:४९