फर्स्ट माइक्रोफाइनान्सले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने
२५ मंसिर, काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको १ लाख ५० हजार कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । सो शेयर खरिदका लागि इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले मंसिर २८ गतेदेखि पुस १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य २९५ रुपैयाँ तोकिएको छ। त्यसैले, बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १५ हजार कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ। लघुवित्तको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र पुस २० गते बिहान १० बजे मुक्तिनाथ कमलादी, काठमाडौँमा खोलिनेछ ।
प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार ०९:५१













