ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
२४ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बुधबार बिहान ११ बजे अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अध्यक्षद्वयबीच आगामी स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको सल्लाहकार थापाले जानकारी दिए।
प्रकाशित मिति : 14:35









