४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

६६ करोड बराबरको आइपिओ निश्कासनको अनुमति माग्दै ज्योति लाइफ नेपाल धितोपत्र बोर्डमा

२४ मंसिर, काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आइपिओ निश्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । ज्योति लाइफ इन्सुरेन्सले ६६ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हाे।  कम्पनीले १०० रुपैयाँ दरको ६६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

हाल ज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमवी क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार ०८:१८