३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

इन्फास्ट्रक्चर बैंकले ८ करोड कित्ता आईपिओ निष्कासन गर्ने, अनुमतिका बोर्डमा दियाे निवेदन

२३ मंसिर, काठमाडाैँ । नेपाल इन्फास्ट्रक्चर बैंकले ८ करोड कित्ता आईपिओ निष्कासन गर्ने तयारी गरेको छ । बैंकले आईपिओ निष्कासन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा अनुमति मागेको छ । बैंकले निस्कासन गर्ने तयारी गरेको आईपिओ एउटै संस्थाले एकै पटक निस्कासन गरेकोमा अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

बैंकले यही मंसिर ८ गते धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै निवेदन दर्ता गरेको छ । इन्फास्ट्रक्चरको  आईपिओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिट रहेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब रहेको छ भने आईपिओ जारी गरेपछि बैंकको चुक्ता पुँजी २० अर्ब पुग्ने छ । बैंकले विकास पूर्वाधारमा मात्रै लगानी गर्न काम गर्नेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १९:५७