१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

साना किसान विकास लघुवित्तले लाभांश वितरण गर्ने, बोनस कति?

२३ मंसिर, काठमाडाैँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएकाे छ ।  साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाकाे  मंसिर २३ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात  वितरण गरिनेछ।

प्रकाशित मिति : December 8, 2020 at 10:42 am