२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी , यस्तो छ एजेण्डा

२३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको  निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको आफ्नो फेसवुक मार्फत जानकारी दिनुभएको हो । बैठकमा आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिकका बारेमा छलफल हुने बताइएको छ ।

आजै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएको छ ।

प्रकाशित मिति : 10:19