प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान
२२ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने सर्वदलीय बैठकमा समसामयिक विषयहरुमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानाकारी दिनुभयो ।

सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ । मुलुकमा बढ्दो कोरोनाको संक्रमण र गणतन्त्र विरोधी तत्वहरु सलबलाईरहेको बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नुलाई महत्वपूर्ण मानिएको छ ।
प्रकाशित मिति : 13:03









