नेकपा विवाद समाधान उन्मुख, नेतृत्व हस्तान्तरणका लागि ओलीसँगै प्रचण्ड पनि पद त्याग्न तयार
२१ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान उन्मुख बाटोमा अघि बढेको छ । सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव बैठकमा प्रस्तुत गर्ने एजेण्डा बनाउने भने पनि आइतबारको बैठकमा त्यो एजेण्डा बन्न सकेन । आइतबारको बैठकमा प्रचण्ड र ओली दुबै प्रस्ताव बैठकको एजेण्डा नबनेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ । पौडेलकै प्रयासमा बैठकको एउटैमात्र एजेण्डा पार्टीको आन्तरिक समस्याबारे भन्ने बनेको छ ।
आइतबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीको पुस्तान्तरणको प्रस्तावमा सहमति जनाउँदै आफू पनि पार्टी एकताका लागि अध्यक्ष पद त्याग गर्न तयार रहेको बताउनुभएकको छ । उहाँले प्रधानमन्त्री ओलीको प्रस्तावमा ग्रिन सिग्नल दिएपछि अब नेकपाको विवाद समाधान उन्मुख भएको बुझ्न कठिन छैन । यसअघि शनिबारको सचिवालय बैठकमा पनि प्रचण्डले केन्द्रीय कार्यालय र पार्टीको लोगो आफ्नो सचिवालयले दुरूपयोग गरेको विषयमा कमजोरी भएको भन्दै स्वीकार गर्नुभएको थियो ।

स्थायी कमिटीलाइ प्रधानमन्त्री अोलीले लेखेको पत्रमा भनिएको छ ‘अत्यन्त उज्ज्वल संभावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गंभीर सङ्कटमा छ । यो सङ्कट कुनै वाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह/ सत्तामोहका कारण निम्तिएको छ । मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्र्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु । तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयाश रहिरहेको छ ।’
यो पनि पढ्नुहोस्
–स्थायी कमिटीका कमरेडहरूको सामूहिक विवेकमाथि विश्वास छः प्रधानमन्त्री ओली (पत्रसहित)
–नेकपा फुट्दैन, स्थायी कमिटीले कार्यदल बनाएर विवाद टुंग्याउने सहमति भएको छः नेता तमाङ
–यसअघि जस्तै नेकपाको विवाद समाधान स्थायी कमिटीले गर्ने
-तत्कालका लागि नेकपाको संकट टर्यो ! ओली-दाहाल ‘वान टु वान’ वार्ता
प्रकाशित मिति : 18:22









