स्थायी कमिटी सदस्यलाई ओली र प्रचण्डको प्रस्ताव बाँडियो, अध्ययनका लागि सात दिनको समय
२१ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव अध्ययनका लागि भन्दै बितरण गरिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सदस्यहरूलाई अध्ययनका लागि सात दिनको समय दिएर दुबै अध्यक्षको प्रतिवेदन बितरण गरिएको जानकारी दिनुभयो ।

उहाँले अब स्थायी कमिटीको अर्को बैठक मंसिर २८ गते बस्ने जानकारी दिनुभयो । स्थायी कमिटीको बैठक थप पर धकेलिएपछि केन्द्रीय समितिको बैठक यसअघि निर्घारण गरिएको मिति भन्दा पर सारिएको छ । अब पुस ५ गते केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 16:11









