प्रचण्डको प्रस्ताव माथि बैठकमा औपचारिक छलफल गर्न सकिन्नः प्रधानमन्त्री ओली
२१ मंसिर, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसकिने बताउनुभएको छ । स्थायी कमिटी बैठकमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य इश्वर पोखरेल मार्फत पत्र पठाउँदै प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव माथि बैठकमा औपचारिक छलफल गर्न नसकिने बताउनुभएको हो ।

बैठकमा उक्त पत्र उपप्रधानमन्त्री पोखरेलले वाचन गरेर सुनाउनु भएको थियो । बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुनुभएन । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र सम्बोधन गर्नुभएको थियो । पार्टीमा देखिएको आन्तरिक समस्या बैठकको कार्यसूची तय गरिएको छ । अब स्थायी कमिटी बैठक मंसिर २८ गते र केन्द्रीय कमिटी बैठक पुस ५ गते बस्ने भएको छ ।
प्रकाशित मिति : 15:59









