२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

रामचन्द्र पाैडेलको करङमा के भयो ? करङबारे पाैडेलले फेसबुकमा यस्ताे दुःख पोखे

१८ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो करङको हड्डीमा समस्या देखिएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत वरिष्ठ नेता पौडेलले प्रहरी पेलानामा परेको आफ्नो करङको हड्डी हिजो साँझदेखि बढी दुखेको बताउनुभएको छ ।
पाैडेलले भन्नुभएको छ ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

प्रकाशित मिति : 10:06