कांग्रेस नेता रामचन्द्र पाैडेल तनहुँबाट पक्राउ
१७ मंसिर, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेल पक्राउ परेका छन । प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा खारेज गरेको घोषणा गर्दै जुलुश निकाल्नेक्रममा पाैडेल गृह जिल्लामा बुधबार पक्रउ परेका हुन । पाैडेलले ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा निषेधाज्ञा तोडेका हुन ।

पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको सामाजिक सञ्जाल मार्फत स्वीकार गरेका छन । निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको तनहुँका डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिएका छन ।
प्रकाशित मिति : 16:41









