८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेकपा सचिवालय बैठक सकियाे, भोलि फेरि बस्ने

१६ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएकाे छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरू गरिएको जानकारी दिए।

सचिवालय बैठक बुधबार दिउँसो १ बजे फेरि बस्ने प्रवक्ता श्रेष्ठले बताए। उक्त बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको समेत श्रेष्ठले बताए। प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए।

आजको बैठकमा ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए भने थप छलफल भोलिदेखि सुरु हुने छ ।

बैठकको शुरुमा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ६२ औँ जन्मोत्सवका अवसरमा शुभकामनासहित केक काटी प्रधानमन्त्री एवं पार्टीका ओली,अध्यक्ष दाहालसहितका नेताहरुले शुभकामना दिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : December 1, 2020 at 4:40 pm