८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेकपा सचिवालय बैठक आज, प्रचण्डले ओलीले गरेका प्रश्नको जवाफ देलान कि आरोप फिर्ता लेलान ?

१६ मंसिर, काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्दै छ । मंसिर १३ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका अभियोगमा लिखित जवाफ दिएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रचण्डले ओलीले गरेका प्रश्नको जवाफ देलान कि आरोप फिर्ता लेलान ? त्यो प्रतिक्षाको विषय बनेको छ । नेकपाका कतिपय नेताले प्रचण्डले ओलीमाथि लगाएको आरोपपत्रले मुख छोपेर हिड्नुपर्ने बताउँदै आएका छन ।आजको बैठकमा दुबै अध्यक्षको लिखित प्रस्तावमा छलफल गर्ने कि अर्को संयुक्त प्रस्ताव ल्याउने भन्ने विषयमा छलफल हुने पनि अनुमान गरिएको छ । ओलिविरूद्ध मोर्चाबन्दी गरिरहेका पाँच नेता अहिले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक तयारीमा लागेका छन ।

प्रकाशित मिति : December 1, 2020 at 9:39 am