प्रधानमन्त्रीको राजिनामा माग्नु पार्टी एकता विरोधी गुटगत मानसिकताः मुख्यमन्त्री पोखरेल
१६ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको मागगर्नु पार्टी एकता विरोधी गुटगत मानसिकताको उपज भएको बताउनुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा छोटो टिप्पणी गर्दै मुख्यमन्त्री पोखरेलले गुटगत मानसिकताले ग्रस्त भएकाहरूले पार्टीमा उत्पन्न समस्यामा एक पक्षलाइ मात्र जिम्मेवार देखेको बताउनुभएको हो ।

कान्तिपुर टेलिभिजनको एउटा अन्तरवार्तामा नेकपाका अर्का स्थायी कमिटी सदस्य जनार्दन शर्माले मंगलबारको सचिवालय बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजिनामा दिने बताइरहेको सन्दर्भमा मुख्यमन्त्री पोखरेलको यस्तो टिप्पणी सार्वजनिक भएको हो । मंगलबार दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्दैछ ।
प्रकाशित मिति : 09:21







