१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

बैंक अफ काठमाण्डूकाे लाभांश पारित, बोनस शेयर र नगद लाभांश कति ?

१५ मंसिर, काठमाडाैँ । बैंक अफ काठमाण्डू लिमिटेड  को २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको प्रधान कार्यालय कमलपोखरीमा सम्मन्न साधारणसभाले गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रतावित लाभांश समेत पारित गरेको छ।

साधारण सभाले २०७६/७७ सम्मको संचित मुनाफाबाट २०७६ आसार मसान्तसम्ममा कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : November 30, 2020 at 9:55 pm