सोमबार पनि घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१५ मंसिर, काठमाडाैँ । सुनचाँदीको मूल्यमा आएको गिरावटले निरन्तरता पाएको छ । सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी सोमबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १२० रुपैयाँमा किनबेच हुँदैछ ।
प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार ११:५९