१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

सोमबार पनि घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ मंसिर, काठमाडाैँ । सुनचाँदीको मूल्यमा आएको गिरावटले निरन्तरता पाएको छ ।  सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेकाे  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी सोमबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १२० रुपैयाँमा किनबेच हुँदैछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार ११:५९