८ असार २०८३, सोमबार | Mon Jun 22 2026

पार्टी एक ढिक्का हुनेमा ढुक्क छु : वरिष्ठ नेता खनाल

१४ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताउनुभएको छ । सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन आफू लागी पर्ने उल्लेख गर्नुभएको छ । उहाँले पछिल्लो समय नेकपाभित्र अन्तरसङ्घर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गर्नुभएको छ ।

“पार्टी नै फुट्छ भन्ने हल्ला चलिरहेका छन् तर आन्तरिक समस्या हल गर्नका लागि छलफल मात्र भएको हो” खनालले भन्नुभयो, “अन्तरसङ्घर्षले पार्टीलाई अझ मजबुत बनाउँछ भन्ने बुझ्नुपर्छ ।”

उहाँले पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनसमेत आफूहरू अध्ययनमा रहेको बताउनुभयो । उहाँले प्रतिवेदन अध्ययनपछि अझ नयाँ ढङ्गले पार्टी एकता हुने विश्वास आफूले गरेको जिकिर गर्नुभयो ।

प्रकाशित मिति : November 29, 2020 at 7:57 pm