२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

१३ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक सुरू भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

 

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय सदस्य सहभागी भएका छन् । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।

प्रकाशित मिति : 13:35