२१ औँ संस्करणको विश्वकप फुटबलको पहिलो गोल रसियाका युरी ग्याजिन्सकीको नाममा
३१ जेठ, काठमाडौँ । २१ औँ संस्करणको विश्वकप फुटबलको पहिलो गोल आयोजक रसियाले गरेको छ । रसियाको मस्कोमा जारी विश्वकपको उद्घाटन खेलमा रसियाका युरी ग्याजिन्सकीले मैदान प्रवेशको १२ औँ मिनेटमा साउदी अरेबियाविरुद्ध पहिलो गोल गरेका हुन ।
उनले एलेक्जेडरको पास मार्फत हेडिङ गर्दै बललाई जाली चुमाएका थिए ।
प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार २२:४१