११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’ नियुक्त

३१ जेठ, काठमाडौँ । सरकारले राष्ट्रिय समाचार समिति राससको कार्यकारी अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’लाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले श्यामललाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

निरङ्कुश पञ्चायतकालमा तीसको दसकतिर गोविन्द वियोगीको “मातृभूमि” पत्रिकामा लुकीलुकी पत्रकारिता शुरु गरेका सशक्त एवं अग्रज कलमजीवी श्यामलको नेतृत्वले राससले गति लिने धेरैले अपेक्षा गरेका छन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार २२:०९