११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

नेपाल टेलिभिजनको अध्यक्षमा डा महेन्द्र विष्ट नियुक्त

३१ जेठ, काठमाडौँ । सरकारले नेपाल टेलिभिजनको अध्यक्षमा डा महेन्द्र विष्टलाई नियुक्त गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा विष्टलाई टेलिभिजनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूलार्इ जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बस्कोटाले विष्टलार्इ अध्यक्षमा नियुक्त गरिएको जानकारी दिए । विष्ट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन । विष्ट इमेज टेलभिजनको समाचार प्रमुख समेत रहेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार २१:०७