६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

प्रमोद खरेलको ‘यो माया के हो’ सार्वजनिक ( भिडियोसहित )

९ मंसिर, काठमाडाैँ । लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ‘ यो माया के हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार ( शिवराज)ले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्। दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।

रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन्। यसअघि गीतकार महराले ‘मैले भन्दा’ , ‘साइनो’ , ‘उठ युवा हो’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : November 24, 2020 at 11:32 am