८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रचण्ड अब ओलीविरूद्धको आरोपपत्रले मुख छोपेर भाग्नुपर्छः प्रमुख सचेतक पाण्डे

६ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले कार्यकारी भनिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपको पत्रले मुछ छोपेर भाग्नुपर्ने बताउनुभएको छ ।

शनिबार दैनिकीसँगको विशेष संवादमा प्रमुख सचेतक पाण्डेले प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई लगाएको आरोप झुठको पुलिन्दा भएको भन्दै त्यही झुटको पुलिन्दाको कागजले मुख छोपेर प्रचण्ड भाग्नुपर्ने दिन अब धेरै टाढा नरहेको बताउनुभयो । दैनिकीसँगको संवादमा उहाँले भन्नुभयो ‘ओलीले जवाफ दिएपछि प्रचण्ड ओलीमाथिको आरोपको पत्रले मुख छोपेर कुद्नु पर्छ । किनकी उनले ओलीमाथि जे भनेर आरोप लगाएका छन ती सबै प्रचण्डको कुण्ठा र झुटको पुलिन्दा हो ।’

उहाँले विदेशीको इशारामा पार्टी भित्रका नेताहरू अध्यक्ष र प्रधानमन्त्रीको विरूद्धमा गतिबिधि गरिरहेको भन्दै  त्यस्तो गतिबिधि अब धेरै नटिक्ने बताउनुभयो । झुट र भ्रमको खेती गर्दै पार्टी भित्र गुटबन्दी गर्नेहरूले चितवनमा सुरेन्द्र पाण्डेमाथि भएको आक्रमणको जस्तो व्यवहार सहनु पर्ने भन्दै उहाँले अब कार्यकर्तासँग गर्ने व्यवहार नेताले सुधार्नुपर्ने बताउनुभयो ।

प्रमुख सचेतक पाण्डेले पार्टीमा परिभाषित जिम्मेवारी पूरा नगर्नेहरू नै अहिले पार्टी संस्थागत भएन भनेर रोइलो गरिरहेको भन्दै पार्टीको स्थायी कमिटी जस्तो जिम्मेवार कमिटीमा रहेका पाण्डेले सरकार असफल भयो भनेर अफवाह फैलाउन खोज्दा कार्यकर्ताको आक्रोश पोखेको बताउनुभयो । सरकारले चौतर्फी घेराबन्दीका बीचमा गरेको कामका बारेमा समग्र कार्यकर्ता पनि जानकार रहेको भन्दै उहाँले अब कसैले कसैलाइ भ्रमित गर्न नसक्ने बताउनुभयो ।

(नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पाण्डेसँगको कुराकानी आइतबार दैनिकीको युटुब च्यानलमा प्रशारण हुनेछ ।) 

प्रकाशित मिति : November 21, 2020 at 8:50 pm