८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सुरेन्द्र पाण्डेलाई गृह जिल्लामै कालो झण्डा, यस्तो छ कार्यकर्ताको चेतावनी (भिडियोसहित)

६ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डलेलाई पार्टीका कार्यकर्ताले गृह जिल्लामै कालो झण्डा देखाएका छन । अाक्रोशित कार्यकर्ताले पाण्डेले सम्बाेधन गरिरहेको कार्यक्रम बिथोलेर बोल्न समेत रोकेका छन ।

चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सादस्य समेत रहेका पाण्डे आफ्नै निर्वाचन क्षेत्रका जनताको तिरस्कारमा परेका हुन ।  पाण्डेले शुक्रबारदेखि नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकताई भेला गराईदिन आग्रह गरेका थिए । सो अनुसार राप्तीले आज पार्टी कमिटीले कार्यक्रम आयोजना गरेको थियो ।

गुटबन्दीमा लागेको भन्दै राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पाण्डेलाई आफ्नै कार्यकर्ताले बहिष्कार गर्दै कालोझण्डा देखाएर नाराबाजी गरेका हुन । विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनि भनेको तर विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध अनौतिक शब्दहरु प्रयोग गर्नथालेपछि कार्यकर्ताले पाण्डेको बिरोध गरेका हुन ।

पाण्डेले प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु समेत लगाउन थालेपछि कार्यकर्ताले पाण्डेलाइ कार्यक्रम स्थलबाट बोल्नै नदिई लखेटे । कार्यकर्ताको खेदाइकाबीच हलबाट बाहिरिदैँ पाण्डेले आफ्नो बिरोध गर्नेलाइ एक एक गरी समाप्त पार्ने चेतावनी दिए । मन्त्री हुनका लागि खुट्टा उचालेर बसेका पाण्डले अर्थमन्त्री बन्ने भन्दै मडिया ट्रायल समेत गरेका थिए ।

प्रकाशित मिति : November 21, 2020 at 3:31 pm