२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रचण्डसँगकाे भेटपछि महासचिव पौडेल भन्छन्ः ‘परिस्थिति धेरै गम्भीर छ’

५ मंसिर, काठमाडाैँ । नेकपा महासचिव विष्णु पौडेलले पार्टीभित्रको परिस्थिति धेरै गम्भीर रहेको प्रतिक्रिया दिएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार भएको भेटपछि महासचिव पौडेलले परिस्थिति धेरै गम्भीर रहेको बताए ।

पत्रकारहरूले बोल्न कर गरेपछि पौडेलले भन्नुभयो, ‘परिस्थिति धेरै गम्भीर छ ।’ आजै कार्यकारी अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच पनि भेटवार्ता भएको छ । उहाँहरूबीच नेकपाभित्र चुलिएको विवाद समाधानबारे नै छलफल भएको थियो ।

प्रकाशित मिति : 18:14