विद्युत् चुहिएर आगलागी हुँदा १५ लाखको क्षति
३० जेठ,तनहुँ । तनहुँको म्याग्दी गाउँपालिका– ६ गाउँस्वारास्थित तोपबहादुर शाहीको घरमा आज विद्युत् चुहिएर आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।शाहीको ढुंगा माटोले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको लत्ताकपडा, भाँडाकुँडा, अन्नपात पूर्णरुपमा क्षति भएको हो । शाहीको परिवार छिमेकीको शरण लिन बाध्य
भएको बताइएको छ ।
प्रकाशित मिति : June 13, 2018 at 8:18 pm







