११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

विद्युत् चुहिएर आगलागी हुँदा १५ लाखको क्षति

 

३० जेठ,तनहुँ  । तनहुँको म्याग्दी गाउँपालिका– ६ गाउँस्वारास्थित तोपबहादुर शाहीको घरमा आज विद्युत् चुहिएर आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।शाहीको ढुंगा माटोले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, भाँडाकुँडा, अन्नपात पूर्णरुपमा क्षति भएको हो । शाहीको परिवार छिमेकीको शरण लिन बाध्य भएको बताइएको छ ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार २०:१८