१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सेयर बजारमा नयाँ रेकर्ड कायम, एकैदिन ६ अर्ब बढीको कारोबार

४ मंसिर, काठमाडौँ । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब ११ करोड रुपैयाँ भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो ।

यसअघि २०७६ फागुन १८ गते ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त रेकर्डलाई तोड्दै बिहीबारको बजारले नयाँ रेकर्ड राख्न सफल भएको छ ।

बजारमा कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४१ करोड ८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार एक सय १० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १५:१६