१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

एनआईसी एशिया बैंकको आकर्षक ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना सार्वजनिक

४ मंसिर, काठमाडाैँ । एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ योजना सार्वजनिक गरेकाे छ । विभिन्न चमत्कारीक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेको हो ।

बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ता ग्राहकहरुको लागि यो योजना ल्याएको जनाएकाे छ । यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ ।

यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम रु १०,००० रहेको छ । ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहक महानुभावहरुले दोब्बर रकम नै प्राप्त गर्न सकिने बंकले जनाएकाे छ । उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहकहरुलाई थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ ।

यस योजना दिर्घकालिन रुपमा लगानी गर्न इच्छुक ग्राहकहरुको लागि स्वर्णीम अवसर बन्ने र ग्राहकको अहिलेको आवश्यता अनुसारको रहेको यस मुद्धति निक्षेप योजनालाई ग्राहकवर्गहरुले रुचाउने विश्वास बैंकले लिएको छ । यस योजना अन्तगर्तत दीर्घकालिन लगानी गर्न इच्छुक ग्राहक महानुभावहरूले आफुलाई सहज हुने एन आई सी एशिया बैंकको कुनै पनि शाखा कार्यलयमा गई उक्त मुद्धति निक्षेप खाता खोलि ‘डबल डिपोजिट’ को फाईदा लिन सक्नुहुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १२:३५