२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

‘प्रचण्डको आरोप छिनोफानो नहुँदासम्म पार्टी एकता अघि बढ्दैन, सबैले बुझाैँ र तयार रहाैँ’

३ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले बुधबारको सचिवालय बैठकको सार कुरा सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ । उहाँले बुधबार साँझ फेसबकु मार्फत नेकपा सचिवालयको बैठकको सार कुरा भन्दै प्रधानमन्त्रीले बैठकमा उल्लेख गरेको विषयका बारेमा जानकारी दिनुभएको छ ।

उहाँले यस्तो उल्लेख गर्नुभएको छ ‘नेकपाको सचिवालयको बैठकको सार कुरा‘

आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले, सचिवालयको बैठकमा ।

त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ , उहाँले । यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ ।

यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता , कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !!

प्रकाशित मिति : 21:38