२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

समानान्तर दस्तावेज एकताको बाटो होइन एउटै दस्तावेज बनाउन लागाैँः मुख्यमन्त्री पोखरेल

३ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य एवं लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत हुने समानान्तर दस्तावेज एकताको बाटो हुन नसक्ने बताउनुभएको छ । बुधबार साँझ सामाजिक सञ्जाल मार्फत मुख्यमन्त्री पोखरेलले समानान्तर दस्तावेज निरूत्साहित गरेर एउटै दस्तावेज बनाउन सबै गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेज वाटो एकतातर्फको वाटो अवश्य होइन । १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गंभीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरुगर्नेछ ।’

प्रकाशित मिति : 21:15