प्रचण्डको आरोपको बैठकमै व्यवस्थित र तथ्यपरक प्रतिवाद गर्छुः प्रधानमन्त्री ओली
३ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोप अस्वीकार गर्दै त्यसको एक एक प्रतिवाद गर्ने बताउनुभएको छ । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डले आधारहिन र गम्भीर किसिमका लान्छाना लगाएको भन्दै त्यसको प्रतिवाद गर्ने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्रीले भन्नुभएको उधृत गर्दै स्रोतले भन्यो ‘प्रचण्डजीले राजनीतिक प्रस्ताव भनेर पेश गरेका विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, ममाथि लगाइएका आधारहीन लाञ्छनाको सचिवालय बैठकमा व्यवस्थित रूपमा जवाफ दिन्छु र प्रतिवाद गर्छु।’
प्रधानमन्त्रीले प्रचण्डको आरोपको प्रतिवाद बैठकमै गर्ने बताउँदै पार्टीभित्र भाँडभैलो गराएर नेतृव हडप्न खोजेको दाबी गरे । स्रोतका अनुसार प्रधानमन्त्रीले प्रचण्डले भदौ २६ को स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयनका लागि काम गर्नुपर्नेमा त्यो नगरी, एकीकरणको काममा समेत अग्रसरता नदेखाउने र एकीकरणको काम समेत नटुंग्याएर निरन्तर सरकरको काममा अबरोध गर्ने काम मात्र गरेको बताउनुभयो ।
प्रकाशित मिति : 16:04









