प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवासमा
३ मंसिर, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्। भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधवार बिहान शीतलनिवास पुगेका हुन ।

राष्ट्रपति भण्डारीले मंगलवार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेकी थिइन् । आज दिउँसाे १ बजेका लागि नेकपा सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकलगत्तै दिउँसो २ बजेका लागि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रकाशित मिति : 11:03









