२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेकपा कुनै पनि हालतमा फुट्दैन्ः मन्त्री अर्याल

१ मंसिर, स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ । आइतबार स्याङ्जामा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले भन्नुभयो ‘ढुक्क हुनुहोस्, नेकपा कुनै पनि हालतमा फुट्दैन ।’

मन्त्री अर्यालले जीवन्त पार्टीमा छलफल बहस स्वभाविक भए पनि नेकपा फुट्ने अवस्थामा नगएको बताउनुभयो । उहाँले अहिले पार्टी भित्र भएका छलफल र बहस पार्टीको नियन्त्रणमा नै रहेको स्पष्ट पार्नुभयो । विगतमै फुटको स्वाद चाखेर अाएको पार्टी अब नफुट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको नेकपाको विवाद नीतिगत होइन, कार्यशैलीगत हो ।’ दुई पार्टीका फरक–फरक विचार एक ठाँउमा आएको कारण यस्तो अवस्था आएको उहाँको भनाइ छ । पार्टी फुट्ने कल्पनासमेत गर्न नसकिने मन्त्री अर्यालको निष्कर्ष छ ।

प्रकाशित मिति : 07:06