२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सरकारमा जान नपाएकाहरू आत्तिएः मुख्यमन्त्री पोखरेल

३० कात्तिक, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारमा जान नपाएकाहरू आत्तिएको टिप्पणी गरेका छन । दाङको तुलसीपुरमा आइतबार भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो ‘देशमा चाहिएको परिर्वतन होइन, स्थायित्व हो’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘तर सरकारमा जान नपाएकाहरू आत्तिएका छन् ।’

उनले नौ/नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेका आफ्नै पार्टीका केही नेताहरू अहिले सरकार परिवर्तनको खेलमा लागेको बताए । पोखरेलले नेकपाका नेताहरू केही पाउन सकिन्छ कि भनेर सरकार परिवर्तन गर्न लागिपरेको बताए । लामो राजनीतिक अस्थिरता पछाडि बनेको स्थायी सरकार परिवर्तन गर्दा देश र नागरिकलाई घाटा हुने  उनको जिकिर छ ।

प्रकाशित मिति : 22:41