दुर्भाग्य निम्त्याउन प्रचण्डको असन्तुलित र दुराग्रहपूर्ण प्रस्तावः उपप्रधानमन्त्री पोखरेल
२९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले दुर्भाग्य निम्त्याउनका लागि प्रचण्डले असन्तुलित र दुराग्रहपूर्ण प्रस्ताव अघि सारेको बताउनुभएको छ । शनिबार साँझ सामाजिक सञ्जाल मार्फत उहाँले प्रचण्डको प्रस्तावले पार्टी भित्र दुर्भाग्य निम्त्याउन खोजेको बताउनुभयो ।
उहाँले भन्नुभएको छ ‘प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ । “ प्रस्ताव “ का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध छन् ।’

उहाँले पार्टी एकताको समयमा भएको सहमतिको भावना अनुसार अघि बढ्नुपर्नेमा प्रचण्डले कि तँ छैनस् कि म छैन अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण प्रस्ताव अघि सारेको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेले भन्नुभएको छ ‘सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित “ कि तँ छैनस् कि म छैन “ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती “प्रस्तावहरू “ ! दुराग्रहका साथ प्रस्तुत ती “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? प्रचण्ड कमरेडले मात्र होइन , नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ !!’
प्रकाशित मिति : 18:36







