राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
२९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बीचमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि साँझ ५ बजेपछि प्रधानमन्त्री ओली शिलत निवास पुगेका हुन ।

राष्ट्रपतिसँगको भेटका विषयमा अनेक अड्लबाजीहरू गरिए पनि भेटवार्ताको विषयमा कुनै औपचारिक जानकारी सार्वजनिक भएको छैन । नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहेको समयमा राष्ट्रपतिसँग भएको भेटवार्तालाइ अर्थपूर्णमा हेरिएको छ । अहिलेसम्म प्रधानमन्त्री वा राष्ट्रपति कसैको तर्फबाट पनि कुनै जानकारी सम्प्रेषण भएको छैन ।
प्रकाशित मिति : 18:24









