१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२८ कात्तिक,  काठमाडौँ । शुक्रबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेको छ । शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतिताेला ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्रतिताेला १ हजार २२० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार ११:३५