१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

दोहोरो अंकले बढ्याे नेप्से, ४ अर्ब ८२ करोड बढीको कारोबार

२७ कात्तिक, काठमाडाैँ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से १० दशमलव ८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२७ अंकले बढेको छ । योसँगै कारोबार रकम पनि बढेको छ ।  ४ अर्ब २५ करोड रुपैयाँ माथिको कारोबार भएको छ । दिनभर भएका ४९ हजार २ सय ७८ कारोबारबाट १ सय ९८ कम्पनीक १ करोड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक तथा कारोबार रकममा समेत वृद्धि देखिए पनि धेरै लगानीकर्ताहरुले गुमाएका छन् । नेप्सेमा कारोबार हुने बैंकिङ उपसमूह १०.२१ अंकले बढेको छ भने व्यापार १६४।७१ अंकले बढेको छ । यसका साथै निर्जिवन बिमा उपसमूह र म्युचल फण्ड पनि बढेको छ भने अन्य सबै उपसमूह घटेको छ ।

विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेको छ । सबैभन्दा बढी गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले ५.२३% ले गुमाएका छन् । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनीले अग्रता लिएको छ । यसको २८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा प्रभु बैंक परेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १५:५९