१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

क्यूआर कोड स्क्यान गरेर जुनसुकै बैंकका ग्राहकले प्रभु बैंकबाट नगद निकाल्न सक्ने

२७ कात्तिक, काठमाडाैँ । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो ।

यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्नको चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनुहुनेछ । बैंकले सञ्चालनमा ल्याएको नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनेमा भन्ने बैंकले विश्वास लिएको जनाएकाे छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १४:२६