१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले घोषणा गर्यो लाभांश, बोनस कति ?

२७ कात्तिक, काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ बाट आफ्ना शेयरधनीको लागि लाभांश घोषणा गरेको छ। कात्तिक २६ गते बुधबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि 0.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो।


यस लघुवित्त कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ११:२२